Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अहिलेका गठबन्धन सत्ता स्वार्थबाहेक केहि नभएको अध्यक्ष ओलीको भनाई

अहिलेका गठबन्धन सत्ता स्वार्थबाहेक केहि नभएको अध्यक्ष ओलीको भनाई

images
  • राजनीति
  • बैशाख २२, २०७९ बिहिवार १६:०८ बजे
  • 397
    SHARES
  • images

    काठमाडौं, बैशाख २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको काम सत्ता स्वार्थबाहेक केही नभएको बताएका छन्। कैलालीको बर्दगोरियामा आयोजित स्थानीय निर्वाचनलाई लक्षित आमसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

     

    ओलीले नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको आरोप लगाए।अहिलेको परमादेशी सरकार संविधानविपरीत बनेका कारण यो सरकारलाई बिदाई गर्नुपर्ने ओलीले बताए। अहिले त्यही गठबन्धन र एमाले बीचको लडाइँ रहेका कारण एमालेलाई नै विजयी गराउन ओलीले आग्रह पनि गरे।

     

    एमालेले गुमेको भूमि फिर्ता ल्याउन पहल गरेर नक्सासमेत निकाल्दा गठबन्धन सरकार भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक खसाल्दासमेत चुइँक्क बोल्न नसकेको ओलीले बताए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # kp oli

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology