Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विप्लवले खोसे दुई केन्द्रीय सदस्यको जिम्मेवारी

विप्लवले खोसे दुई केन्द्रीय सदस्यको जिम्मेवारी

images
  • राजनीति
  • बैशाख २२, २०७९ बिहिवार ११:४९ बजे
  • 835
    SHARES
  • images

    काठमाडौं, बैशाख २२ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ।

     

    केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ। सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रकाण्डले बताएका छन्।

     

    पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो। यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # biplap

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology