काठमाडौं, बैशाख २० । प्रदेश १ को विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई नेकपा (माओवादी केन्द्र)को प्रदेश समितिले कारबाही गरेको छ।
कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । र तीन जनालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले निलम्बन गरेको छ।
निलम्बनमा पर्नेहरुमा भीमबहादुर राई,साबित्रा थापा, कमलध्वज राई, होमबहादुर राई, तिलक राई,सन्तोष सुवेदी, दुर्गा बुर्जा मगर र रामप्रसाद बराललाई प्रदेश समितिले नै निलम्बन गरेको छ।




