काठमाडाैं, वैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ अर्थात् बुद्ध जयन्तीको दिन नेपाल भ्रमणमा आउने भएका छन्।
भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्। तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी गरेकाे छैन।
नेपालले जेठ २ मा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ।




