काठमाडौं, बैशाख १८ । भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलसँग चुनावी बहस गर्न रेनु दाहालले अस्विकार गरेकी छिन्। भरतपुर महानगरपालिकाको मेयर उम्मेदवारलाई सँगै राखेर चुनावी एजेण्डामा बहस गर्ने कार्यक्रमका लागि एक टेलिभिजनले गरेको आग्रहलाई रेनुले अस्विकार गरेकी हुन्।
भरतपुर महानगरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन् भने सत्ता गठबन्धनले माओवादी नेतृ रेनु दाहाललाई उम्मेदवार बनाएको थियो। तर रेनुलाई उम्मेदवार बनाएपछि भरतपुरको असन्तुष्ट कांग्रेस पक्षले स्वतन्त्र उम्मेदवारको रुपमा जगन्नाथ पौडेललाई मेयरमा अघि सारेको छ।
जसबाट असन्तुष्ट बनेकी रेनु दाहालले पौडेलसँग एउटै मञ्चमा बहस कार्यक्रम गर्न अस्विकार गरेको भरतपुर कांग्रेस नेता सुर्य बस्नेतले जानकारी दिए।




