काठमाडौँ, वैशाख १८ । नेकपा (एमाले)को आमसभालाई सम्बोधन गर्न केपी शर्मा ओली हेटौँडा जाॅदै छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभालाई सम्बोधन गर्न ओली हेटौँडा जान लागेका हुन्।
सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। हेटौँडा उपमहानगरपालिकाको हुप्रा चौरमा आमसभा गरिने जनाइएको छ।




