Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको घोषणापत्र सार्वजनिक

काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको घोषणापत्र सार्वजनिक

images
  • राजनीति
  • बैशाख १५, २०७९ बिहिवार १४:४४ बजे
  • 877
    SHARES
  • images

    काठमाडौं, वैशाख १५ । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा उनले सात 'स' को सङ्कल्प व्यक्त गरेकी छिन्।

     

    सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा र सुरक्षा, सबल र समुन्नत पूर्वाधार र सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर लगायतका मुख्य बुँदामा आधारित प्रतिबद्धता उनले व्यक्त गरेकी हुन्।

     

    काठमाडौं महानगर प्रमुख पदको उम्मेदवारी दिदै गर्दा बीपी, किसुनजी, गणेशमान सम्झन चाहन्छु, उनले भनिन् –'म गणेशमान र मङ्गलादेवीकी बुहारी हुँ। 'मेयर भनेको ठूलो पद हो भन्ने छ तर,  सबैभन्दा पहिले सुशासनप्रति ध्यान दिइने उहाँको भनाइ छ ।

     

    आफू निर्वाचित भइसकेपछि सबैभन्दा पहिले भ्रष्टाचारमुक्त सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology