Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बागी उम्मेदवारीबाट पछि हटेर गठबन्धनलाई सहयाेग गर्न देउवाकाे आग्रह

बागी उम्मेदवारीबाट पछि हटेर गठबन्धनलाई सहयाेग गर्न देउवाकाे आग्रह

images
  • राजनीति
  • बैशाख १५, २०७९ बिहिवार ११:२२ बजे
  • 1.2K
    SHARES
  • बागी उम्मेदवारीबाट पछि हटेर गठबन्धनलाई सहयाेग गर्न  देउवाकाे आग्रह
    images

    काठमाडाैं, वैशाख १५ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै सभापति देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हाे।

     

    उनले 'पाँच दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो '  वक्तव्यमा उल्लेख गरेका छन्।

     

    यस्तै, 'एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु। तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु, 'वक्तव्यमा सभापति देउवाले अहिलेकाे यथार्थलाइ मनन गर्न सबैमा अपिल गरेका छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology