Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो: शेखर कोइराला

टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो: शेखर कोइराला

images
  • 898
    SHARES
  • टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो: शेखर कोइराला
    images

    काठमाडौं, बैशाख १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन्।

     

    आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्।’

     

    ‘‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्,’ डा विज्ञप्तिमा लेखिएको छ, ‘कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् ।’

     

    उनले पार्टीभित्र भइरहेका यस्ता क्रियाकलापबाट निराश नहुने तर गलत कार्यहरु तत्काल रोकिनुपर्नेमा जोड दिएका छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology