काठमाडौं, वैशाख १२ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार राष्ट्रिय सभागृहमा पुगेर उनलेले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका हुन्। साथै उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएकी छिन्।
स्थापित र डङ्गोल दिउँसो बाजागाजासहित उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेका हुन्। स्थापित काठमाडौं महानगरको पूर्व प्रमुख तथा प्रदेशसभा सदस्य समेत भइसकेका छन्।




