Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर

images
  • 619
    SHARES
  • images

    काठमाडौं, बैशाख १२ । चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ। त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ।

     

    एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालबीच छलफल भइरहेको बुझिएको छ।

     

    एमालेले भरतपुरको महानगरमा यसअघि नै प्रदेश सांसद समेत रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। यसअघि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित भएको भरतपुरमा गठबन्धनका तर्फबाट पुन दाहालले नै टिकट पाएकी छन् । गठबन्धनमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale
  • # raprapa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology