Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेलम्चीको पानी काठमाडौंमा पुनः वितरण शूरु

मेलम्चीको पानी काठमाडौंमा पुनः वितरण शूरु

images
  • 382
    SHARES
  • मेलम्चीको पानी काठमाडौंमा पुनः वितरण शूरु
    images

    काठमाडौं, बैशाख ११ । मेलम्चीको पानी काठमाडौंको धारामा पुनः वितरण सुरु भएको छ।

     

    बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका हुन्।

     

    मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए। त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो। अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो।

     

     

    images
  • सम्बन्धित विषय:

  • # melamchi khanepani

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology