Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सर्यो नेकपा एमाले

आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सर्यो नेकपा एमाले

images
  • राजनीति
  • बैशाख ९, २०७९ शुक्रवार १६:०३ बजे
  • 706
    SHARES
  • images

    काठमाडौं, बैशाख ९ । नेकपा एमाले आजबाट आफ्नै भवनमा सरेको छ। थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो। 

     

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका छन्। नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो। त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिए। वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइनेगरी सम्झौता गरिएको उनको भनाइ छ। 

     

    नयाँ कार्यालय भवनलाई प्रविधिमैत्री बनाइएको छ । फराकिलो पार्किङ क्षेत्र र आकर्षक बगैँचा रहेको नयाँ पार्टी कार्यालयको भुइँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागत कक्ष राखिएको छ। 

     

    त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहरका परिषद्, संगठन विभाव, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ। सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ।  

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology