काठमाडौं, बैशाख ९ । नेकपा एमालेले आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ।
७४ औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराए।
स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने पनि कार्यक्रम रहेको उनले बताएका छन् ।




