Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पोखराको मेयर नपाएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखराको मेयर नपाएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

images
  • 802
    SHARES
  • पोखराको मेयर नपाएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी
    images

    काठमाडौं, बैशाख ७ । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमति भए पछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ। कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो।

     

    महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीको निर्णय गरेका हुन्। उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन्।

     

    ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं। यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ।’

     

    सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology