Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

images
  • 763
    SHARES
  • गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा
    images

    काठमाडौं, बैशाख ६। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन्। मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए।

     

    ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। गठबन्धन टुट्यो भने के हालत हुन्छ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नैपर्यो।

     

    काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले अनि मैले के गल्ती गरेँ।’ उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए।

     

    ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोली’, देउवाको भने।

     

     

    images
  • सम्बन्धित विषय:

  • # sher bdr deuwa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology