काठमाडौं, बैशाख ६ । सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ। यसअघि साढे ११ बजे बस्नेगरी तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ। गठबन्धन बीच स्थानीय तहको चुनावी तालमेल गर्ने बिषयमा बिभिन्न जिल्लामा भागबन्डा नमिल्दा समस्या उत्पन्न भएको छ।




