काठमाडौं, बैशाख ५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन्। स्थानीय निर्वाचनमा पार्टी तयारी लगायतको विषयमा प्रचण्डले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ। उम्मेदवारी दर्ता गर्ने समय ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ। गठबन्धनका दलहरु आ–आफ्नै दाबीबाट पछि नहटेपछि चुनावी तालमेल सङ्घर्षरत देखिएको छ।




