काठमाडौं, बैशाख ५ । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका लगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुमा गठबन्धनका दलहरुका बिचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी छन्। त्यसैगरी नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ।
जनता समाजवादी पार्टीबाट अध्यक्षद्धय डा. बाबुराम भट्टराई् र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागि छन् भने नेकपा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी छन्।




