काठमाडौं, बैशाख ४ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वासहित झापाका २७५ समर्थकले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य कन्दङ्वासहितले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य कन्दङ्वासहित केन्द्रीय सल्लाहकार समिति गोपिचन्द्र गिरी, झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। कन्दङ्वा झापाका पुराना बामपन्थी नेता समेत हुन्।




