Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रचण्डले हटाए चुनावी पोस्टरबाट कुलमानको फोटो

प्रचण्डले हटाए चुनावी पोस्टरबाट कुलमानको फोटो

images
  • 322
    SHARES
  • प्रचण्डले हटाए चुनावी पोस्टरबाट कुलमानको फोटो
    images

    काठमाडौं, चैत ३० । नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो।

     

    कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाईएको छ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए।

     

    घिसिङले भने , ‘म राष्ट्र सेवक कर्मचारी हुँ, मेरो तस्वीर प्रयोग भएको देखें, हटाउन भनिसकेको छु।’ प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो।

     

    ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निस्शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्वीरमा घिसिङको फोटो प्रयोग गरिएको थियो। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # prachanda

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology