Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सत्ता गठबन्धनद्वारा स्थानीय निर्वाचनसम्बन्धमा संयुक्त वक्तव्य जारी

सत्ता गठबन्धनद्वारा स्थानीय निर्वाचनसम्बन्धमा संयुक्त वक्तव्य जारी

images
  • 208
    SHARES
  • सत्ता गठबन्धनद्वारा स्थानीय निर्वाचनसम्बन्धमा संयुक्त वक्तव्य जारी
    images

    काठमाडौं, चैत २८ । सत्ता गठबन्धनको सोमबार बिहान बसेको शीर्षस्थ नेताहरुबीचको बैठक सम्पन्न भएको छ।

     

    प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सफल गर्ने भन्ने विषयमा बृहत् छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

     

    ‘निर्वाचनमा समर्पित उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल भएको छ। कस्तो किसिमको मेकानिजम बनाउने विषयमा म यहाँहरुलाई अवगत गराउने छु । अर्को बैठक भोलि (मंगलबार) अपराह्न ४ बजे बस्ने छ ।’, बैठक पश्चात् कार्कीले भने। यसै क्रममा उनले गठबन्धनले संयुक्त वक्तव्य जारी गरेको पनि बताए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology