Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

images
  • 796
    SHARES
  • सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी
    images

    काठमाडाैं, चैत २८ । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ। 

     

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, कृष्ण सिटाैला, गणेशबहादुर गुरूगं, पूर्ण खड्का, गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूगं, वर्षामान पुन, नेकपा (एकीकृत समाजवादी)बाट झलनाथ खनाल, डा. विजय पाैडेल र प्रकाश ज्वला, जसपाबाट डा. अशाेक राइ, रेनु यादव र राष्टिय जनमार्चाबाट हिमाल पुरी, दुर्गा पाैडेलकाे उपस्थिति रहेकाे बालुवाटार स्राेतले जानकारी दिएकाे छ। 

     

    गठबन्धनको निर्वाचन तयारी तथा अनुगमनको हिजो आइतबार बसेको बैठकले सोमबार शीर्षस्थ नेताहरुबीच छलफल गर्ने निर्णय गरेको थियो।

     

     

    images
  • सम्बन्धित विषय:

  • # gathabandan
  • # nepali congress
  • # smmajbbadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology