Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गठबन्धनको निर्वाचन तयारी तथा अनुगमनको बैठक बस्दै

गठबन्धनको निर्वाचन तयारी तथा अनुगमनको बैठक बस्दै

images
  • 241
    SHARES
  • गठबन्धनको निर्वाचन तयारी तथा अनुगमनको बैठक बस्दै
    images

    काठमाडौं, चैत २७ । सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ।

     

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा निर्वाचनमा तालमेल र यसको मापदण्डलगायतका विषयमा छलफल हुने काँग्रेस नेता पौडेलका प्रेस संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

     

    चैत २२ गतेको सत्ता गठबन्धनको बैठकले पौडेल नेतृत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो। समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव डा. वेदुराम भुषाल र उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology