काठमाडौं, चैत २५ गते । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।
आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ।




