Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

images
  • 766
    SHARES
  • images

    काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

    काठमाडौं । असार ३ गते सुरु भएको काठमाडौं महानगरपालिकाको नवौं अधिवेशनको पहिलो वैठकमा प्रमुख विद्यासुन्दर शाक्यले नीति-तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति-तथा कार्यक्रमबारे अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममाथिको  छलफल आइतबार ११ बजे सभागृहमै गर्ने गरी दुई दिनका लागि स्थगन गरेको जानकारी दिए ।

    असार १० गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको प्रमुख शाक्यले बताए ।उनले भने, ‘नीति-तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरुको सझुावलाई सकारत्मक रुपमा लिएको छु।’

     ‘नीति तथा कार्यक्रममा विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’,महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको शाक्यले जानकारी पनि दिए ।

    index.jpg

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology