Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

निर्वाचन आयोगले बोलाएको बैठकमा साना दलहरूको नारावाजी

निर्वाचन आयोगले बोलाएको बैठकमा साना दलहरूको नारावाजी

images
  • राजनीति
  • चैत्र २२, २०७८ मंगलवार १५:४३ बजे
  • 367
    SHARES
  • निर्वाचन आयोगले बोलाएको बैठकमा साना दलहरूको नारावाजी
    images

    काठमाडौं, चैत २२ । निर्वाचन आयोगले स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाएको छलफलमा साना दलका प्रतिनिधिले नारावाजी गरेका छन्। 

     

    आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको छलफलमा साना दलका प्रतिनिधिले आफूहरुलाई बेल्न नदिएको भन्दै नारावाजी गरेका हुन्।

     

    आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका छन्। दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित भएको थियो। आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरूलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए। 

     

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छलफलका लागि नभै प्रबिद्धतापत्रमा हस्ताक्षरका लागि मात्रै बोलाइएको भन्दै होहल्ला साम्य पार्ने कोशीस गरेपनि होहल्ला र नाराबाजीको बीचमा आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने वातावरण नभएको भन्दै एमालेसहित केही दलका प्रतिनिधि बाहिरीएका थिए।  

     

     

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology