Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

images
  • 367
    SHARES
  • देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने
    images

    काठमाडौं, चैत १६ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन्। 

    दिउँसो २ बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिन लागेका हुन्। 

    कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएपछि ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन्। 

    गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology