Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

images
  • 232
    SHARES
  • कांग्रेसको केन्द्रीय समिति बैठक सुरु
    images

    काठमाडौं, चैत १४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी गराए।

    स्थानीय चुनाव अभियान अन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। 

    आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन्। धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

    गत शुक्रबारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले बताए। उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ। बैठक सकिए पनि निर्णय भने भोलि  (मंगलबार) मात्रै सार्वजनिक हुनेछ।

    बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nenepli congres

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology