Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पालिका अध्यक्ष र उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश

पालिका अध्यक्ष र उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश

images
  • 301
    SHARES
  • पालिका अध्यक्ष र उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश
    images

    काठमाडौं, चैत १४ । महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

    नेकपा माओवदी केन्द्रबाट निर्वाचित महोत्तरी साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख, जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन्। सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

    प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत छन् । त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत रहेको एमालेले जनाएको छ ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology