Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री देउवा

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री देउवा

images
  • राजनीति
  • चैत्र १०, २०७८ बिहिवार १५:५२ बजे
  • 1.0K
    SHARES
  • गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री देउवा
    images

    काठमाडौं, चैत १० । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।

    नेपाली काँग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको बताए।

    प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भने, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ। उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ।” प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे।

    तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काँग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे।



    images
  • सम्बन्धित विषय:

  • # nneali congres
  • # shshe bahhadurdeuwa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology