Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ: वरिष्ठ नेता पौडेल

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ: वरिष्ठ नेता पौडेल

images
  • राजनीति
  • चैत्र १०, २०७८ बिहिवार १२:५४ बजे
  • 757
    SHARES
  • विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ: वरिष्ठ नेता पौडेल
    images

    काठमाडौं, चैत १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताइएका छन् । कांग्रेस व्यास नगरपालिका–२ ले दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

    उनले भने “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन्।  त्यस्ता भ्रमलाई कांग्रेसले  चिर्नसक्नुपर्छ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने उनले बताए। 

    फरक प्रसङ्गमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए। नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे।

    कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए। कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # nenepli congres

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology