काठमाडौं, चेत ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रमा मात्रै बहुमत ल्याएर काम गर्न नसकिने भएकाले स्थानीय तहमा अधिकतम जीत अत्यावश्यक भएको बताएका छन्।
आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सत्ता पक्षबाट जनविरोधी प्रचार भएका छन्। तर, हामी मुख्य शक्ति र मूलधार भएकाले आजको समस्या र चुनौतीलाई समाधान गर्ने उत्तरदायित्व हाम्रो हो। देशलाई समृद्ध नेपाल सुखी नेपालीको स्थानसम्म पुर्याउने अभिभारा हाम्रो हो।’
जनतासँग प्रत्यक्ष जोडिएको भएकाले स्थानीय तहमा जित हासिल गर्नुपर्ने भएकाले चुनावमा लाग्ने नेता कार्यकर्तालाई निर्देशनसमेत दिए। उनले भने, ‘आगामी निर्वाचन महत्वपूर्ण छ। केन्दमा मात्र बहुमत ल्याएर हुँदैन। केन्द्रमा एमालेको सरकार बनेपछि जनताको घरदैलोसम्म विकास पुर्याउने स्थानीय सरकार नै हो। त्यसलै स्थानीय तहमा महत्वपूर्ण ठाउँहरुमा र आमरुपमा बहुमत प्राप्त गर्न सकेनौँ भने केन्द्रमा बहुमत ल्याएपनि सहज हुँदैन।’
लोकतान्त्रिक प्रणाली कामय रहने जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए। देशलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउनु जोड दिए।




