काठमाडौं, चैत ९ । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन्।
दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। बैठकमा पेश हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको थियो।




