Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पपुवा न्युगिनीले दियो नेपाललाई १७४ रनको लक्ष्य

पपुवा न्युगिनीले दियो नेपाललाई १७४ रनको लक्ष्य

images
  • 295
    SHARES
  • पपुवा न्युगिनीले  दियो नेपाललाई १७४ रनको लक्ष्य
    images

    काठमाडौं, चैत ८ । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुमा पपुवा न्यूगिनीले १७४ रनको लक्ष्य दिएको छ।

    दुबई अन्तर्राष्ट्रिय रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७३ रन जोड्यो। पपुवा न्युगिनीका ओपनर टोनी उरा ६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर लेगा सिएकाले २० रन बनाए। कप्तान असद भालाले सबैभन्दा बढी ४५ रनको योगदान दिए। आरिफ शेखको बलमा विकेटकिपर विनोद भन्डारीबाट क्याच हुनुअघि उनले ९६ बलमा ३ चौका हिर्काएका थिए।

    चार्ल्स अमिनी १३ रन, रेली हेकुरी १ रन, सेसे बाउ १९ रन, नोर्मान भानुआ १८ रन र सिमोन अताइ २ रनमा आउट भए। चाड सोपरले नटआउट २२ रन र काबुआ मोरिआले नटआउट १७ रन बनाए।

    बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २ विकेट लिए। सन्दीपले १० ओभरमा २९ रन दिए भने सोमपालले १० ओभरमै ३७ रन खर्चिए। करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले १\१ विकेट हात लिए। लिग-२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। छैटौं स्थानको नेपालले ११ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।
     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology