Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मन्त्री हेरफेरबारे छलफल भइरहेको छ: अध्यक्ष प्रचण्ड

मन्त्री हेरफेरबारे छलफल भइरहेको छ: अध्यक्ष प्रचण्ड

images
  • 478
    SHARES
  • मन्त्री हेरफेरबारे छलफल भइरहेको छ: अध्यक्ष प्रचण्ड
    images

    काठमाडौं, चैत ८ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्। आज मंगलबार जनकपुर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै, ‘मन्त्री हेरफेरबारे कुराकानी चलिरहेको छ, केही मन्त्रालय हेरफेर हुने सम्भावना छ’ उनले भने।

    मन्त्रिपरिषद्‍मा हेरफेर हुँदा आफ्नो पार्टीलाई हैसियत अनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले बताए। उनले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि तर्क गरे। ‘हामीले जति मन्त्रालय पाउनुपर्ने हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु। विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो। माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भन्नुभयो। त्यसैले हिजो हामीले त्याग गरेका हौं, अब गर्न सकिँदैन,’ उनले भने।

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology