Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अभिनेत्री करिश्मा सहित पूर्वमन्त्रीको नेतृत्वको पार्टी आज एमाले प्रवेश गर्दै

अभिनेत्री करिश्मा सहित पूर्वमन्त्रीको नेतृत्वको पार्टी आज एमाले प्रवेश गर्दै

images
  • 394
    SHARES
  • अभिनेत्री करिश्मा सहित पूर्वमन्त्रीको नेतृत्वको पार्टी आज एमाले प्रवेश गर्दै
    images

    काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छिन्। यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन्। 

    एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन्। 

    यसअघि उनले डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरेकी थिईन्। नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरेकी थिईन्। त्यसपछि भने उनी पार्टीमा सक्रिय थिईनन्।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology