Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गठबन्धनका शीर्ष नेताहरुबीच निर्वाचन केन्द्रित छलफल

गठबन्धनका शीर्ष नेताहरुबीच निर्वाचन केन्द्रित छलफल

images
  • 271
    SHARES
  • images

    काठमाडौं, चैत ८ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुबीच स्थानीय निर्वाचन केन्द्रित समसायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए।

    बिहान करिब एक घण्टा निर्वाचन लगायतका विषयमा छलफल भएको उनले बताए। यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपांग योद्धाहरुको विषयमा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउनुभएको पनि बताए।

    अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि-२०७४ संशोधन, कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगताहरुको सूचीकृत गर्ने विषय, गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र, परिवारलाई मासिक जीवन निर्वाह भत्ता लगायतका विभिन्न बुँदामा ध्यानाकर्षण गराइएको उनले भने।

    images
  • सम्बन्धित विषय:

  • # gathabandan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology