Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

यूएईसँग नेपालको ९९ रनको फराकिलो हार

यूएईसँग नेपालको ९९ रनको फराकिलो हार

images
  • 763
    SHARES
  • images

    काठमाडौं, चैत ७ । विश्व क्रिकेट लिग–२ मा नेपालले यूएईसँग ९९ रनको फराकिलो हार ब्यहोरेको छ । जारी शृंखलामा यूएईसँग नेपालको यो लगातार दोस्रो हार हो।

    यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो। नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन जोडे। ६५ बलमा उनले २ चौका प्रहार गरे।

    यस्तै आरिफ सेखले १५, विनोद भण्डारीले १२, सोमपाल कामीले १५ बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन। पवन सर्राफ २, कुशल भुर्तेल ५ रन रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले खाता नै खोल्न सकेनन। रोहित पौडेलले ९ रन बनाए।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो। यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन जोडे। यस्तै मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, आसिसान साराफूले २१ र वासिल अहमदले १७ रन बनाए।

    नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। यस्तै सोमपाल कामीले २ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १–१ विकेट लिए ।

    हारसँगै अंक तालिकामा नेपाल छैटौं स्थानमा यथावत छ। ११ खेल खेलेको नेपालले ४ खेलमा जित र ६ खेलमा हारसहित १० अंक जोडेको छ। १८ खेलमा २२ अंक जोड्दै यूएई दोस्रो स्थानमा छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # neppai cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology