काठमाडौं, चैत ७ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को सोमबारको पोलिट्ब्यूरो बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रीत बिसएमा छलफल भएको छ। फागुन ९ र १० गते बस्न लागिएको एमाले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा अनुमोदनका लागि बसेको आजको बैठकले केन्द्रीय कमिटीमा घोषणापत्र जारी गर्ने र सोही दिन नै सात सय ५३ पालिकामा सो उपलब्ध गराउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
‘केन्द्रीय कमिटीमा भूगोलका पार्टी अध्यक्षले लिखितरुपमा रिपोर्ट पेश गर्नेछन्, आयोग, केन्द्रीय निकाय र विभागको कामको रिपोर्ट भने महासचिवले प्रस्तुत गर्नेछन्। पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।’, उनले भने। बैठकबाट ११ वटा एजेण्डा पास गरिएको छ। बैठकले निर्वाचनमा उम्मेदवारको ६ मापदण्ड पनि तय गरेको छ । ‘स्थानीयतहको उम्मेदवारको सिफारिस गर्दा वडा अध्यक्ष वा सदस्यको सिफारिस वडा कमिटीले र निर्णय पालिका कमिटीले गर्नेछ। गाउँपालिका वा नगरपालिका उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र यसको आधारमा प्रदेश कमिटीले निर्णय गर्नेछ। महानगरपालिकाको मेयर, उपमेयरको सिफारिस प्रदेश कमिटीले गर्ने र यसको निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ।
जनप्रतिनिधिको कामको मूल्यांकन, उनीहरुके कार्यक्षमता, विकास, सुशासनप्रति उनीहरुको दृष्टिकोण र चुनावमा विजयको सुनिश्चितता अर्को मापदण्ड रहनेछ। पार्टीको आन्दोलनप्रतिको योगदान, निष्ठालगायत संविधानको आधारमा सन्तुलन र समावेशीता उम्मेदवारको मापदण्डहरु तय भएको गुरुङले बताए।




