Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राप्रपाले २५ चैतमा  काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने

राप्रपाले २५ चैतमा  काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने

images
  • 1.1K
    SHARES
  • राप्रपाले २५ चैतमा  काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने
    images

    काठमाडौं, चैत ७ ।  राप्रपाले २५ चैतमा  काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

    आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन्।

    समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन्।

    images
  • सम्बन्धित विषय:

  • # raprapa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology