Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कर्णाली प्रदेशसभा सदस्य विष्ट एमाले प्रवेश

कर्णाली प्रदेशसभा सदस्य विष्ट एमाले प्रवेश

images
  • 286
    SHARES
  • कर्णाली प्रदेशसभा सदस्य विष्ट एमाले प्रवेश
    images

    काठमाडौं, चैत ६ । कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले एमाले प्रवेश गरेका छन्। केही दिन अघि माओवादी केन्द्र परित्याग गरेका विष्टले आइतबार एमालेमा प्रवेश गरेका हुन्।

    उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कडेललगायतले स्वागत गरेका थिए। उनले माओवादी केन्द्र जनता केन्द्रित हुनु भन्दा पनि व्यक्ति केन्द्रित हुन थालेको र जनताको मुद्धाका सवालमा विचलित भएकोले आफुले एमाले पार्टी प्रवेश गरेको बताए। उनले भने, ‘माओवादीले आफूले उठाएका एजेण्डाबाट बिचलित भयो। जनता केन्द्रित हुनु भन्दा पनि व्यक्तितिर केन्द्रित हुन थाल्यो। विपरित एमसीसी पास भयो। मैले माओवादी छोडेर एमालेमा प्रवेश गर्नुका यस्तै धेरै विषयहरु छन्।’ 

    उनले फागुन २७ गते माओवादी केन्द्र परित्याग गरेको र प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए। आइतबार मात्रै माओवादी केन्द्रले उनलाई दलको सदस्यताबाट समेत निलम्बन गरेको थियो। प्रदेशसभा सदस्य विष्टसहित माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यलगायत अन्य कार्यकर्ता तथा अन्य दलहरुबाट पनि पार्टी प्रवेश गरेका छन्।

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology