Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले र केपी ओलीमा वितृष्णा रहेको छ: माधव नेपाल

एमाले र केपी ओलीमा वितृष्णा रहेको छ: माधव नेपाल

images
  • 319
    SHARES
  • एमाले र केपी ओलीमा वितृष्णा रहेको छ: माधव नेपाल
    images

    काठमाडौं, चैत ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति धरातलमा वितृष्णा रहेको बताएका छन्। केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको नेपालले दाबी गरे।

    ‘केही ठाउँहरूमा केही मानिसलाई प्रवेश गराएँ भनेर आनन्दको अनुभूति लिने एउटा कुरा भयो तर धरातलमा त्यस्तो स्थिति छैन,’ पार्टीमा युवाहरूलाई प्रवेश गराउदै अध्यक्ष नेपालले भने।  ‘धरातलमा केपी ओलीप्रति वितृष्णा बढिरहेको छ, एमालेप्रति भ्रम टुटेको छ’ उनले भने।

    उनले एमालेबाट केन्द्रीय तथा जिल्ला तहका नेताहरू आफूहरूको पार्टीमा प्रवेश गरिरहेको पनि बताए। ‘जनताको विश्वास हामीले जित्नुपर्ने छ, जनताको विश्वास जित्ने कुरामा चुक्न हुन्न, आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ’ उनले भने।

    केही जिल्लाबाट त्यहाँका नेताहरूले पार्टी एक्लै पनि चुनावमा जान सक्ने बताइरहे पनि सहकार्य गर्न चाहनेलाई सँगै लिएर जाने उनले बताए।

    images
  • सम्बन्धित विषय:

  • # nekapa eakakrit samajbadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology