काठमाडौं, चैत ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको बारे फेरी आपत्ती जनाएका छन्।
आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रूखसँग रंग मिलाइदिएको भन्दै निर्वाचन आयोगको आलोचना गरे। ‘रूखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो? दलहरूसँग किन परामर्श गरिएन? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयोर? सूर्य हरियो हुन्छ कहीँ?’ उनले आक्रोश पोख्दै भने।
‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु। उसले एउटा पार्टीको पक्षमा मात्र होइन। निश्पक्ष भएर काम गर्नुपर्छ। अहिले आयोगले चुनाव चिन्हमा रूखको रंग सबैलाई दिने रे, रूख पनि हरियो। सूर्य पनि हरियो, कही हुन्छरु’, ओलीले भने।
एमाले अध्यक्ष ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने दाबीसमेत गरे। उनले एमालेबाट दुई चार जनाले छोडेर गए केही नहुने भन्दै ओइलिएका पात झर्ने बताए।




