काठमाडौं, चैत १ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीले एक्लै निर्वाचन जित्ने जिकिर गरेका हुन्।
ओलीले बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने?’ भन्दै आर्टिकल लेखेको उल्लेख गर्दै आक्रोश पनि पोखे। उनले जनता झुक्याउन र अल्मल्याउन त्यस्ता कुरा गरेको भन्दै जिस्क्याउने खालका कुरा नगर्न पनि आग्रह गरे।
‘कम्युनिस्ट सरकार ढाल्ने पनि कम्युनिस्ट? ओलीको प्रश्न छ। दुई तिहाइ नजिक पुगेको पार्टीलाई चोइट्याउने त्यस्ता कम्युनिस्ट हुन्छन् रु भ्रम राख्नुहुन्न’, ओलीको भनाइ छ। ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गरे। ‘कम्युनिस्ट सरकार ढाल्ने, फुटाउने प्रतिकृयावादीका पछि लाग्ने तलुवा चाट्ने र प्रसाद खानेलाई कम्युनिस्ट के को हुने?’ ओलीको प्रश्न छ। उनले ५ दललाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको पनि बताए।




