Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भीम रावलले ट्वीट गर्दै देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी

भीम रावलले ट्वीट गर्दै देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी

images
  • राजनीति
  • फाल्गुण ३०, २०७८ सोमवार १५:५२ बजे
  • 535
    SHARES
  • images

    काठमाडौँ, फागुन ३० । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्।

    आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले  एमसिसी परियोजनाबारे बोल्दै रावलले दुई जिभ्रे कुरा गरेको बताएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारमा भीम रावल २०७३ असार ३१ मा उपप्रधानमन्त्री रहेको र त्यो मन्त्रिपरिषदले एमसिसी परियोजना अनुमोदनका संसदमा प्रस्ताव लैजाने निर्णय गरेको देउवाको भनाइ थियो। प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको उल्लेख गरेका छन्।

    उनले एमसिसी संसदमा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्। ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ रावलले भनेका छन्। आफू देशभक्त नागरिक भएकोले राष्ट्र हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको रावलको भनाइ थियो।    

    images
  • सम्बन्धित विषय:

  • # bhim rawal

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology