काठमाडौँ, फागुन ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्लि इलेक्सनको सम्भावना नभएको बताएका छन्। सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले अर्लि इलेक्सन भन्दा पनि स्थानीय तहको चुनावमा आफूहरु केन्द्रित भएको बताए।
उनले महाधिवेशनको सन्देश दिन र चुनाव केिन्द्रत अभियान चलाउन माओवादीले देशभर कार्यक्रम गरिरहेको पनि बताए। अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै वलमा चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै गठवन्धन गरेर चुनावमा जाने विषय दोस्रो प्राथमिकतामा रहेको बताएका हुन्। उनले भने, प्रधानमन्त्री गठवन्धन गरेर चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ, गठवन्धन हुन पनि सक्छ । अर्को प्रसंगमा उहाँले सत्तारुढ दलवीच कुनै पनि खालको तिक्तता नरहेको चर्चा गरे।




