Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रिय राजनीति अहिले माओवादीकै इसारामा चलिरहेको छ : प्रचण्ड

राष्ट्रिय राजनीति अहिले माओवादीकै इसारामा चलिरहेको छ : प्रचण्ड

images
  • राजनीति
  • फाल्गुण २७, २०७८ शुक्रवार १२:३९ बजे
  • 397
    SHARES
  • images

    काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन्। देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको प्रचण्डले दाबी गरेका हुन् ।

    ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताए।

    गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने हाम्रो प्रयास हो,’ उनले भने, ‘एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे। जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ। हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो। यो प्रष्टसँग राख्न चाहान्छु।’

    साथै, प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको पनि दाबी गरे। उनले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ।’ 

    images
  • सम्बन्धित विषय:

  • # prachanda

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology