काठमाडौं, फागुन २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन्।
पर्साको वीरगञ्जमा बिहीबार काँग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन्।
प्रधानमन्त्री देउवाले भने, 'एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो, यसले देशको विकास र रोजगार बढाउँछ।’




