Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले जनताको बलमा अघि बढ्छ: अध्यक्ष ओली

एमाले जनताको बलमा अघि बढ्छ: अध्यक्ष ओली

images
  • समाचार
  • फाल्गुण २४, २०७८ मंगलवार २०:२९ बजे
  • 484
    SHARES
  • एमाले जनताको बलमा अघि बढ्छ: अध्यक्ष ओली
    images

    काठमाडौँ, फागुन २४ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलमा एमाले अघि बढ्ने बताएका छन्। एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

    एमाले जनताबाट निर्वाचित भएर आउने शक्ति भएकाले कसैको डर नभएको उनले बताए। अहिले सत्य र असत्यबीचको संघर्षमा रहेको उनले चर्चा गरे। मुलुक स्थानीय तहको निर्वाचनमय भइसकेकाले इमान्दार भएर काम गर्न पार्टी पङ्तिलाई निर्देश गए।

    सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउँदै अध्यक्ष ओलीले विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उनले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे।

    एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने अवस्था नआउने भन्दै अध्यक्ष ओलीले भने, “ढिलो चाँडो सबैले अवसर पाउने दिन आउँछ।” अन्तर्राष्ट्रिय नारी दिवसको विषयमा चर्चा गर्दै नेपालमा महिला सशक्तिकरण बढेको बताए।

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology